कांग्रेस नेता गुरुराज घिमिरेले वैशाख ११ देखि ‘मेची–महाकाली यात्रा’ थाल्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले वैशाख ११ गतेदेखि ‘मेची–महाकाली यात्रा’ सुरु गर्ने भएका छन् । पहिलो कार्यक्रम वैशाख ११ गते गण्डकी प्रदेशको पोखरामा हुने छ ।

नेता घिमिरेलाई कांग्रेसका साथै अन्य पार्टीमा आबद्ध रहेका राजनीतिकर्मी, कर्मचारी, बुद्धिजीवीसँग राजनीतिक सुधार र प्रणाली परिवर्तनका विषयमा रायसुझाव लिने उनको योजना छ ।

२०४७ सालपछिका झन्डै ३५ वर्ष अनावश्यक खेर फालेको निष्कर्षसहित आफूले ‘मेची–महाकाली यात्रा’ सुरु गर्न लागेको घिमिरेको भनाइ छ । नेविसंघका पूर्वअध्यक्ष घिमिरेले नयाँ वर्षसँगै नयाँ राजनीतिक यात्रा थाल्ने घोषणा गरेका थिए ।

कांग्रेसमा आफ्ना समकालीन र पछिका नेताहरूले अवसर पाए पनि घिमिरे भने पछि पर्दै आएका छन् । उनी गत मंसिर ४ को निर्वाचनमा मोरङमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए । उनी कांग्रेसको महाधिवेशनमा दुई मतले कोसी प्रदेश सभापतिमा उद्धव थापासँग पराजित बनेका थिए ।

राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज र सञ्चारकर्मीसँग छलफल गर्नुपर्ने आवश्कयता रहेकाले ‘मेची–महाकाली यात्रा’ सुरु गर्न लागेको उनको भनाइ छ । गण्डकी प्रदेशबाट अभियान सुरु हुने र यो देशका ७७ वटै जिल्लामा लैजाने उनको तयारी छ। अभियानमा सबै दलका मान्छे सहभागी हुनसक्ने उनले बताए ।

तर अभियानमा पार्टीभित्रको आन्तरिक राजनीतिलाई प्रवेश नगराइने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *