राष्ट्रिय परिचयपत्र रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने रबी लामिछाने निर्णय खारेज
काठमाडौं । तत्कालिन उपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने गरी गरेको निर्णय खारेज भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रका विवरण रुजु गर्ने जिम्मेवारी निजी कम्पनीलाई दिने गरी कार्यविधि जारी खारेज गर्ने निर्णय गरेको छ । लामिछाने गृहमन्त्री हुँदा फास्ट ट्र्याकबाट राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्ने दिने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय गरेका थिए ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावका एड्भान्टेज इन्टरनेसनल प्रालिलाई विवरण रूजु गर्ने दिने जिम्मा रद्द गर्नुको साथैं कार्यविधी खारेज गरेको हो । सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्न दिने निर्णय गर्दा नियम विपरित काम गरिएका मन्त्रीपरिषद् उक्त निर्णय खारेज गर्ने निर्णय गरेको जानकारी दिइन् । मन्त्री शर्माले राष्ट्रिय परिचयपत्र रुजु गर्न दिने गरी कार्यविधी कसरी बनेको थियो भन्ने विषयमा मन्त्रीपरिषद्को बैठकले बृहत छानबिन गर्ने निर्णय गरेको छ ।