सिंगापुरमाथि हङकङको सहज जित
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले विजयी शुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
सिंगापुरले दिएको १७५ रनको लक्ष्य पछाएको हङकङले ३३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
हङकङका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए । बाबरले अविजित रहदै १०४ रन बनाएका थिए । त्यस्तै कप्तान निजाकत खानले ५१ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४२.१ ओभरमा अल आउट हुदै १७४ रन बनाएको थियो ।
सिंगापुरका लागि कप्तान अरित्रा दत्ताले सर्बाधिक ४९ रन बनाए भने आर्यन मोदीले २१, रमेस कालीमुथुले १८, अभि दिक्षितले १२ रन बनाएका थिए ।
त्यस्तै हङकङका बलर एहसान खानले ४ विकेट लिए भने यासिम मुर्तजाले ३ तथा आयुष शुक्ला, एजाज खान र मोहमद घजानफारले एक एक विकेट लिए ।
१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् ।
विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।