सिंहदरबारको फोहोर उठाउन सरकारले गर्यो वैकल्पिक व्यवस्था
काठमाडौँ । सहरी विकास मन्त्रालयले सिंहदरबार भित्रको फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रालयले सिंहदरबार भित्रको फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपाय अबलम्बन गरेको हो ।
सहरी विकास मन्त्री सीता गुरुङले मन्त्रीस्तरीय निर्णय गर्दै परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेर फोहोर उठाउन थालेको हो ।
