एनएमबि बैंक र टीसीएक्स र एमएफएक्स करेन्सी रिक्स सलुसनसँग सहकार्य,हेजिङ कारोबार सम्पन्न गर्ने नेपालको अग्रणी वाणिज्य बैंक


काठमाण्डौ । एनएमबि बैंकले द करेन्सी एक्सचेन्ज फन्ड टीसीएक्स एम्सटेर्डम र एमएफएस करेन्सी रिस्क सलुसन्स वासिङटनसँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलरबराबरको रकम सफलतापूर्वक हेजिङ कारोबार गरी नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गर्ने नेपालको अग्रणी वाणिज्य बैंक भएको छ। ननडेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्बन्धित कारोबार गर्नका लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो। उक्त कार्य सफलतापूर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकोमा टीसीएक्स र एमएफएक्सप्रति एनएमबि बैंकले आभार व्यक्त गरेको छ।

हेजिङ कारोबारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोगप्रतिको प्रतिबद्घता दर्शाएको छ। यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ कारोबारले देशभरि स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोबार गर्नका लागि मार्गप्रशस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्नेमा एनएमबि बैंक विश्वस्त रहेको छ। एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा–सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *