राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा उपचार सुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा पुर्‍याइएर उपचार सुरु गरिएको छ ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरू र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सातजना चिकित्सकको टोली छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *