देउवाले भने उपेन्द्रजी मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो

काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको बताएका छन् । बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवको प्रशंसा गर्दै मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष यावले नै गरेको बताए ।

यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको पनि उनले बताए ।

‘उपेन्द्र यादवजी मेरो क्याबिनेटमा पनि हुनुहुन्थ्यो । हामीले सँगै काम गरेका हौँ । उहाँ मधेशको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरै पटक झगडा गर्नुभएको छ, मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो’, उनले भने ।

बारा–२ का मतदाताले एकपटक उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुपर्ने उनको भनाई छ । ‘उहाँलाई एक पटक जिताएर पठाउनुस्, पाँच वर्ष उहाँको काम हेर्नुहोस्, चित्त नबुझेको अर्को चुनावबाट विकल्पमा सोच्दा हुन्छ,’ देउवाले भने ।

लोकतन्त्रमा जनता नै देशको मालिक भएको भन्दै देउवाले भने- ‘लोकतन्त्रमा जनता मालिक हो । नेताले जनताको सेवा गर्ने हो । जनताले जे निर्णय गर्छन्, नेताले त्यही मान्नुपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *