प्रधानमन्त्रीलाई विश्वासको मत दिने रविको पार्टी कसरी विपक्षी दल ?

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । ऊ अहिले सरकारमा नरहे पनि सत्तारुढ गठबन्धनमै छ । उपनिर्वाचनपछि सरकारमा जाने तयारी पनि गरेको छ । सरकार विस्तारकै बेला रविले उपचुनावसम्म सरकारमा नजाने प्रधानमन्त्री प्रचण्डलाई बताएका थिए ।

तर बिहीबार रविले आफ्नो दल एकातिर, सत्तारुढ सबै दल एकातिर भन्दै फेसबुकमा स्टाटस लेखेपछि रास्वपालाई प्रतिपक्षी दल भन्ने कि सत्तारुढ दल भन्ने बहस सुरु भएको छ । यदि प्रचण्डलाई विश्वासको मत नदिएको भए रवि अहिले जेलमा हुन्थे । महान्यायाधिवक्ता दीनमणि पोखरेललाई भनेरै प्रचण्डले रविलाई दोहोरो राहदानी कसुरमा मुद्दा नचल्ने भनेर जोगाइदिएका हुन् ।

सरकारलाई समर्थन गर्दा आफूमाथिको मुद्दा ढिसमिस गराउने ठानेरै रविले प्रचण्डलाई विश्वासको मत मात्र दिएका होइनन् कि सरकारमा पनि सहभागी हुने बचन दिएका छन् । तर अहिले सहानभूति बटुल्न सारा दल एकातिर र आफ्नो दल एकातिर रविले भन्नुको कुनै औचित्य छैन । अहिले खासमा भन्ने हो भने एमाले एकातिर अरु सबै दल अर्कोतिर हो । एमाले सरकारमा पनि छैन, मोर्चाबन्दी पनि गरेको छैन । राप्रपा पनि विपक्षी दल नै हो । तर राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षी दल होइन । सरकारलाई विश्वासको मत दिएको, समर्थन फिर्ता नलिएको र सरकारमा सामेल हुने बचन दिएकाले रविको पार्टी सत्तारुढ नै रहेको घामजतिकै छर्लंग छ ।

भरतपुरमा बिहीबार कांग्रेससहितको गठबन्धन, एमाले र रास्वपाले अन्तिम चुनावी सभा गरिरहेका छन् । त्यसैले आफ्नो चुनावी सभामा उनले काठमाडौंदेखिका मानिसको भिड जम्मा गरेका छन् । र, आफ्नो १० एक्लै अरु दलसँग भिडेको देखाउन रविले विपक्षी दल भनेर प्रचार गरेका छन् । यथार्थ भने उपचुनाव जितेलगत्तै रविको पार्टी सरकारमा जाने सम्भावना धेरै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *