शंखधर साकोस मध्यपुर थिमि नगरस्तरीय उत्कृष्ट सहकारी घोषणा, बैशाख १६ गते बृहत स्वास्थ्य शिविर
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी दिवसको अवसरमा संघमा आवद्ध सदस्यहरुमध्ये जिल्लास्तरीय उत्कृष्ट सहकारी मध्यपुर थिमि नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि शंखधर बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमि ४, सूर्यविनायक नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारको घोषणा गरेको छ ।
त्यसैगरी व्यवसाय पुरस्कारका लागि सिमल बचत तथा ऋण सहकारी संस्था लि सूर्यविनायक ९, भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि बाराही बचत तथा ऋण सहकारी संस्था लि , भक्तपुर ४, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि पारिजात बचत तथा ऋण सहकारी संस्था लि सूर्यविनायक ५ र चाँगुनारायण नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था लि, चाँगुनारायण ४ छनौट भएको घोषणा गर्नुभयो । शंखधर साकोसले आउँदो बैशाख १६ गते शंखधर पार्टी प्यालेसमा बृहत स्वास्थ्य शिविर तथा भक्तपुर हर्ट एण्ड डाइबेटिज सेन्टरबाट सुगर , प्रेसर जाँच र तिलगंगा हस्पिटल ,सिटीआई केयर सेन्टरबाट आँखाको परिक्षण हुने संस्थाले बताएको छ ।