एनआईसी एशिया बैंकले संस्थापक समूहको ७ लाख १५ हजार कित्ता सेयर बेच्दै
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७ लाख १५ हजार ९५० कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता ३ सय ९५ रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ता समेत सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि बोलकबोल गर्नुपर्नेछ ।
बैंकको उक्त सेयर खरिद गर्न बैशाख १५ गतेभित्र विवरण खुलाई आवेदन दिनुपर्नेछ । बैंकको सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।