कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । कतार पुलिसको जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि कतार लगेर त्यहाँको पुलिसमा भर्ना गराइदिन्छु भनी १८ जना व्यक्तिमार्फत ६३ लाख रुपैयाँ ठगी गर्ने सप्तरी कञ्चनपुर गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौँ टोखा बस्ने वर्ष ४१ को पूर्णकुमार दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दाहाललाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *