नेपालको कीर्तिमानी ब्यार्टिग, ओमानविरुद्ध तीन सय ११ रनको लक्ष्य
काठमाडौं । एसिसी प्रिमियर लिगअन्तर्गत नेपालले ओमानविरुद्ध कीर्तिमानी रनको तीन सय ११ लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार त्रिवि खेल मैदानमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै नेपालले कीर्तिमानी सर्वाधिक तीन सय १० रन बनाएको हो ।
यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म बनाएको उच्च रन हो । नेपालले यसअघि पीएनजीविरुद्ध टियु मैदानमै मार्च ९ मा २९७ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले १०८ रनको शतकीय पारी खेलेका थिए । कुशलले ५९ बलमा आफ्नो पहिलो एकदिवसीय शतक पुरा गरेका थिए । उनी नेपालका लागि पारस खड्का, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र आसिफ शेखपछि शतक बनाउने छैटौं खेलाडी हुन् ।
त्यस्तै सोमपाल कामीले पनि शानदार ब्याटिंग गर्दै अविजित ६३ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले ३३, करण केसीले अविजित २९, आरिफ शेखले २९, कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ७, सन्दीप लामिछानेले ८ तथा कुशल भुर्तेल र आसिफ सेखले शुन्य बनाएर आउट भएका थिए ।
त्यस्तै ओमानका बलर आयान खानले दुई विकेट लिएका थिए भने अन्य सबै बलरले एक एक विकेट लिएका थिए ।