राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन


काठमाडौं । राष्ट्रिय सहकारी बैंकले बैशाख ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले बचततर्फ न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ४.२५ प्रतिशतदेखि ४.५० प्रतिशत, विशेष बचतमा ४.७५ प्रतिशत, सुपर बचतमा ४.७५ प्रतिशतदेखि ५.२५ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचच खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ५.२५ देखि ५.५० प्रतिशत, अनिवार्य बचतमा १० प्रतिशत र क्रमिक बचतमा ९.७५ देखि १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम १०.७५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा १०.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *