राष्ट्र बैंकको कारबाहीमा ९ वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । तीमध्ये ६ वटा बैंक कर्जा निक्षेप अनुपात नमिलाउँदा कारबाहीमा परेका हुन् ।

कुमारी बैंकमा गाभिएको क्रेडिट एन्ड कमर्स बैंकले एकीकृत कार्यविधिविपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपूर्ण कर्जा दिएको पाइएको छ । केही कर्जामा पर्याप्त नोक्सानी व्यवस्था नगरेको, प्रिमियम नियमविपरीत बढाएकाले सचेत गराइएको पनि राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकले सहुलियतपूर्ण कर्जा नपाउनेलाई पनि कर्जा दिएको, केही मुद्दती निक्षेप खातामा प्रकाशित गरेकोभन्दा बढी ब्याजदर दिएर रकम तानेको देखिएको छ ।

त्यसैगरी एनसीसी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले भने सम्पत्ति शुद्धीकरण ऐनविपरीतको काम गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

सेन्चुरी कमर्सियल बैंकले साउन र भदौमा सीडी रेसियो कायम गर्न नसक्दा २ करोड ८४ लाख रुपैयाँ जरिवानामा परेको छ । नेपाल बैंकले साउन महिनामा सीडी रेसियो कायम गर्न नसक्दा १५ लाख ५९ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ । कृषि विकास बैंकले ६९ लाख ५८ लाख रुपैयाँ र हिमालयन बैंकले ७१ लाख ७२ हजार रुपैयाँ तिरेका छन् ।

नबिल बैंकले साउन, भदौ र असोजमा कर्जा निक्षेप नघटाउँदा ६ करोड ४६ लाख रुपैयाँ तिरेको छ । ग्लोबल आईएमई बैंकले भदौ र असोजमा कायम नगर्दा ४ करोड ४२ लाख रुपैयाँ जरिवाना तिरेको छ । राष्ट्र बैंकका अनुसार, बैंकहरुले १०० रुपैयाँ निक्षेप उठाए भने ९० रुपैयाँ मात्रै कर्जा दिन पाउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *