सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिटमा आज निर्णय हुँदै
काठमाडौ। राष्ट्रपति कार्यालय शितल निवास र सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सुनुवाइ गरिरहेको छ।
बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको हो। बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
सिंहदरबार र राष्ट्रपति कार्यालय शितल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतका अधिवक्ता पदमबहादुर श्रेष्ठले वैशाख ४ गते रिट दर्ता गराएका थिए। रिटमा काठमाडौं महानगरपालिका र मेयर बालेन्द्र शाहलाई समेत विपक्षी बनाइएको छ।
फोहोर उठाउने निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रँदा रोग फैलिने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ।