वेदकुमारी न्यौपानेका नौ कृतिहरु शब्दयात्रा प्रकाशन
काभ्रे । साहित्यकार वेदकुमारी न्यौपानेदवारा लिखित नौ पुस्तकहरुको नौ जना विभिन्न विधाका महिला श्रष्ठाहरुदारा सार्वजनिक गरि कार्यक्रम सम्पन्न भयो ।अध्यक्ष हरि मन्जु श्री व्दारा शव्दयात्रा प्रकाशन गरिएको कार्यक्रममा सभाका सभापति साहित्यकार लिला श्रेष्ठ र प्रमुख अतिथ सावित्री जङगमको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
साहित्यकार वेदकुमारी न्यौपानेदवारा लिखित नौ पुस्तकहरु ः
१ कहिले घाम कहिले छायाँ मुक्तक सङग्रह
२ कुुल्चिएका फुलहरु एकाङक सङग्रह
३ हराएको किनारा गित सङग्रह
४ प्लाष्टिक सर्जरी लघु एकाङकी सङग्रह
५ शब्द कविता सङग्रह
६ पुर्णिमाको जुन कविता सङग्रह
७ प्रायोजित रेडियो नाटक सङग्रह
८ साथिको माया बाल एकाङकी सङग्रह
९ एक दिन बाल नाटक रहेका छन् ।
हाम्रा सम्वाददाता विश्वनाथ ढुगेंलका अनुसार पहिला मंगल धुन स्वस्थि बाचन र राष्टिय गान बजाई कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा सभापति लिला श्रेष्ठले २०८० सालको शुभकामना सहित साहित्कार वेद कुमारी न्यौपानेलाई बधाई एवं खुसि व्यक्त गर्नु भयो । त्यसै गरि प्रमुख अतिथि सावित्री जङगमले साहित्यकार वेदकुमारी न्यौपानेले लेख्नु भएको कृतिहरुका विषयमा अझ अरु नयाँ कार्य शैलिवाट हरपल अगाडि वढि रहेको देख्न पाउँ उहाँलाई यहि नै मेरो शुभकामना । त्यसै गरि साहित्यकार वेदकुमारी न्यौपानेले मेरा कृतिहरु अध्ययन गरेर मलाई सुझाव एवं सल्लाह दिनु होला । किनकि यहाँहरुवाट सुझाव एवं सल्लाह पाएमा आगामि दिनमा मेरा अरु पनि अङकहरु प्रकाशित गर्न सजिलो हुने थियो भनी आफना भावहरु व्यक्त गर्नु भयो ।कार्यक्रममा सवै उपस्थित साहित्कारहरुलाई नौ नौ वटा आफना प्रकाशित पुस्तकहरु अध्ययनका लागि दिनु भएको थियो ।