सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन ः बाबुराम भट्टराई


काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन्। उनले लामिछानेलाई चटकेको संज्ञा दिएका छन्। ‘वैचारिक ढंगले अग्रगामी सोचका विरूद्धमा हावा बगिरहेको छ, बिस्तारै यहाँ पनि छिर्दैछ। त्यो बहुत डरलाग्दो छ। यो देश भित्र पनि विभिन्न ढंगले शक्तिहरूको जुन उदय भइरहेको छ, त्यो एउटा पपुलिजमको रुपमा कुनै विचारधारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याहरू छन्। त्यसको कुनै विश्लेषण छैन ।

उनले रास्वपा र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमा आइरहेको बताएका हुन्। ‘म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिव जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् , के त्यो जादुगर हो , यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठीक गर्दिन्छु भन्नेछन्, ‘यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ। त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *