उपनिर्वाचन: कुन क्षेत्रमा कति प्रतिशत खस्यो मत ?

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

हालसम्म बारा–२ मा २५ प्रतिशत मतदान भएको छ भने चितवन–२ मा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार तनहुँ–१ मा ३० प्रतिशत मत खसेको छ ।

तीनवटै निर्वाचन क्षेत्रका मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

बारा-२ मा जसपाका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीबीच बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाल मुख्य प्रतिस्पर्धी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *