चितवनमा ३७ प्रतिशत मत खस्यो
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन–२ मा ३७ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १२ बजेसम्म ३७ प्रतिशत मत खसेको सहायक मतदान अधिकृत ईश्वरी आचार्यले जानकारी दिए ।
यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।