तनहुँमा न्यून मतदान, आजै रातीबाट मतगणना हुने
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले ५२ देखि ५३ प्रतिशतमात्रै मत खसेको बताए।
तनहुँ १ मा खटिएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि न्यून मत खसेको बताए। ‘यहाँ भएका सबैले भोट हालेको मतदान केन्द्रको निरीक्षणमा पाएँ। विदेश गएका, जिल्ला बाहिर रहेका धेरै भएकाले कम मत खसेको हुनुपर्छ,’ उनले भने।
निर्वाचन अधिकृत आचार्यले मतपेटिका प्राप्त भएपछि उम्मेदवारसँग सल्लाह गरेर मतगणना थालिने बताए। ‘गणना सुरु गर्दा ११–१२ बज्ला । उम्मेदवारसँग सल्लाह गर्छु । राति नै गरौं भने हामी तयारै छौं । विहान गरौं भन्यो भने विहान फर्स्ट आवरमा सुरु गर्छौं । जिल्ला समन्वय समितिको हलमा गणनाको तयारी छ, उनले भने ।