बारामा बुथ कब्जाको प्रयास,पत्रकारलाई रोक

बारा । बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तरगत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ ।

ईरनवास्थित मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन्।

त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरुले समेत पत्रकारहरुलाई दुर्व्यवहार गर्न खोजेका छन् । त्यसपछि त्यहाँ रहेका प्रहरीले सन्चारकर्मीहरुलाई उद्धार गरेका हुन् ।

यसअघि मात्रै, बाराको देवताल गाउँपालिका–७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *