रास्वपाले माफी मागेपछि चितवनको कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि नयाँ किरण माविमा निर्वाचन सुचारु हुने भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।
सत्ता साझेदार दल र नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान राखेको थियो।
रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको थियो ।