सामाजिक सञ्जालमा भिडियो राखेर रविले मागे आफूलाई भोट, कांग्रेस र एमालेको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदानकै दिन आफूलाई भोट मागेका छन् । आइतबार बिहान मतदान सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भिडियो राखेर रविले आफूलाई मत मागेका हुन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै तीनै निर्वाचन क्षेत्रका उम्मेदवारलाई भोट मागेका हुन् । जबकि मतदान हुनुअघि र मतदानका बेला उम्मेदवारलाई भोट माग्न निर्वाचन आयोगको आचारसंहिताले रोक लगाएको छ । तर, रविले निर्वाचन आयोगको आचारसंहिता धोती लगाउँदै आफू र आफ्ना उम्मेदवारलाई खुलेआम भोट मागेपछि नेपाली कांग्रेस र एमालेले आपत्ति जनाएको छ ।

दुवै दलले निर्वाचन आयोगलाई तत्काल रविको भिडियो सामाजिक सञ्जालबाट हटाउन आग्रह पनि गरेका छन् । यदि रविले भिडियो नहटाए आफूहरूले पनि सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट माग्न पाउनुपर्ने उनीहरूको माग छ । शनिबार सामाजिक सञ्जालका साथै केही मिडियामा एमाले र रास्वपाबीच तालमेल भएको चर्चा चलेको थियो । जसलाई लिएर रास्वपाले आपत्ति जनाएको छ । यही विषयलाई लिएर रास्वपाले निर्वाचन आयोगमा उजुरी हाल्ने चेतावनी दिएकोे छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *