अनाधिकृत रुपमा भइरहेका घरजग्गाको कारोबार रोक्न व्यवसायीको माग


काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । केही दिन अगाडी मात्रै कित्ताकाट खुलाउने निर्णय गराएका प्रधानमन्त्रीसँग महासंघले भेटघाट गरेको हो । महासंघका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालसँग सोमबार भेटघाट गरेको हो । भेटमा महासंघले अनाधिकृत रुपमा भइरहेका घरजग्गाको कारोबार रोक्न माग गरेको छ ।

बजेटमा व्यवस्था भए अनुसार रियल स्टेट कम्पनीहरुमार्फत मात्रै घरजग्गाको व्यवसायिक कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गरेर अनाधिकृत रुपमा व्यक्तिले कुनै दर्ता तथा आधिकारिकता बिना नै गरिरहेको घरजग्गा कारोबार नियन्त्रण गर्न माग गरिएको महासंघका अध्यक्ष लोहनीले जानकारी दिए । उनले आफूहरुले घरजग्गा कारोबार गर्न भनेर दर्ता भएका ब्रोकर कम्पनीहरु मार्फत मात्रै घरजग्गाको खरिदबिक्री गर्ने कानूनी व्यवस्था गर्न आग्रह गरेको बताए । महासंघले घरजग्गा क्षेत्रमा हदबन्दी छुटको व्यवस्थाका लागि पनि माग गरेको छ। महासंघले १ सयभन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट अपार्टमेन्ट विदेशीलाई बिक्रि गर्न पाउने नीतिको पनि कार्यान्वयन गर्न माग गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *