एभरेष्ट बैंकको संचालकमा किरणकृष्ण श्रेष्ठ नियुक्त
काठमाडौं । एभरेष्ट बैंकको संचालकमा किरणकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले संस्थापक सेयरधनी समुहको तर्फबाट श्रेष्ठलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका संचालक अरुणमान शेरचनले राजीनामा दिएपछि उनको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो । शेरचनको राजीनामा बैंकको वैशाख ८ मा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेर सोहि बैठकले श्रेष्ठलाई संचालक नियुक्त गरेको हो ।