चितवन– २ अपडेटः लामिछाने १७७३ मतान्तरले अगाडी
चितवन । चितवन–२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउने क्रममा छ । अहिलेसम्मको मत गणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने १७७३ मतान्तरले अगाडी रहेका छन् ।
पछिल्लो अपडेट अनुसार लामिछानेले ४३५८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मत प्राप्त गरेका छन् भने काँग्रेसका जीतनारायण श्रेष्ठले २२०५ मत प्राप्त गरेका छन् ।
चितवन–२ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा निर्वाचन आयोगले उपनिर्वाचनमा ६२.७७ प्रतिशत मत खसेको थियो ।