बारा-२ अपडेट: यादवलाई पछ्याउदै कुशवाह र पौडेल

बारा । बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन ।

पछिल्लो अपडेट अनुसार बारामा जसपा अध्यक्ष यादवले ५१३ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ४८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४१९ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २०७ मत प्राप्त गरेका छन् ।

त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५३ मत प्राप्त गरेका छन् ।

बारा-२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।

यस उपनिर्वाचनमा यस क्षेत्रमा ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *