लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिदै, मत बिभाजनको प्रक्रिया शुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिदैछन् । यसका लागि जारी प्रदेश सभा बैठकमा मत बिभाजनको प्रक्रिया शुरु भएको छ । यस अघि मुख्यमन्त्री गिरीले विश्वासको मत लिने प्रस्ताव पेश गर्दै आफ्नो पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गरेका थिए ।

सरकारमा सामेल दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने भएका हुन् ।

गिरीलाई यसअघि समर्थन दिएका माओवादी केन्द्रसहितका दलहरुले केन्द्रमा समीकरण बदलिएपछि समर्थन फिर्ता लिएका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत र लोसपाका ३-३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १-१ प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

अहिले एमालेका गिरी नेतृत्वको सरकारमा राप्रपाले मात्र समर्थन गरिरहेको छ । एमाले र राप्रपाको जम्मा मत ३३ छ । सरकार टिकाउन गिरीलाई थप ११ मत आवश्यक पर्छ । मुख्यमन्त्री गिरीले आवश्यक मत पाउने अवस्था नरहेकोले आज उनको सरकार ढल्ने देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *