लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएनन्, नयाँ सरकार बनाउने तयारी

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री लिला गिरी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विश्वासकाे मत नपाएपछि गिरी नेतृत्वकाे सरकार ढलेकाे छ ।

सरकारमा रहेका माओवादीसहितका आठ दलले समर्थन फिर्ता लिएपछि गिरीले दोस्रोपटक विश्वासको मत लिएका हुन् । तर सोमबारको प्रदेश सभामा उनले विश्वासको मत पाउन असफल भए ।

प्रदेश सभामा रहेका ८७ सांसदमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकाले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।

चैत १२ गते लुम्बिनीमा रहेका आठ दलका ५३ सांसदहरूले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने दाबीसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।

गिरीले विश्वासको मत गुमाएसँगै धारा २ अनुसार नयाँ सरकार बन्ने प्रक्रियामा जाने बताए पनि एमाले संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत नपाए धारा ३ अनुसार ठूलो दलको हैसियतमा दाबी गर्ने निर्णय गरेको छ । एमालेको यो निर्णयले नयाँ सरकार कसको बन्ने भन्ने अन्योल देखिएको छ ।

अब प्रदेश प्रमुख अमिक शेरचनले कांग्रेससहितको गठबन्धन वा एमालेमध्ये एक दललाई सरकार बनाउन सूचना आह्वान गर्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *