सिटिजन्स बैंकका ग्राहकलाई पल्पसा प्याराडाइज होममा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल मकवानपुर स्थित पल्पसा प्याराडाइज होमबीच सम्झौता भएको छ । बैंक र प्याराडाइजबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । समझदारीपत्रमा सिटिजन्स बैंकका कार्डवाहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।