२ बजेसम्म टस नभए नेपाल र साउदीबीचको खेल स्थगित हुने
काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल बर्षाले प्रभावित भएको छ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो तर बर्षका कारण बिहान ८: ३० बजे हुनुपर्ने टस अहिलेसम्म हुन सकेको छैन ।
मैदानमा अहिले हल्का वर्षा सुरु भएको छ र पिच कभरले ढाकिएको अवस्थामा रहेको छ ।
गएराती पनि पानी परेकोले मैदानमा पानि रहेको छ र मैदानमा खटिएका कर्मचारीले पानी सुकाउने प्रयास गरिरहेका छन् । नेपाकी कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टि देशाईले मैदान निरिक्षण गरिरहेका छन् ।
पूर्वअनुमानका अनुसार आज काठमाडौंमा वर्षा हुने उच्च सम्भावना देखिएकाले आजको खेल प्रभावित हुने देखिएको छ ।
अब अपराहन्न २:१५ बजेसम्म टस भएर खेल शुरु नभएमा आजको खेल रद्ध हुने छ र दुवै देशले एक एक अंक बाड्ने छन् । २ बजेसम्म टस हुने अवस्था भएमा कम्तिमा २०-२० ओभरको खेल खेलाउनु पर्ने नियम रहेको छ ।
नेपाल समूह ए मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा रहेको छ ।