उपेन्द्र यादवको अग्रता घटाउदै जनमतका कुशवाह
बारा । बारा–२ को उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहले जसपा अध्यक्ष उपेन्द्र यादवको अग्रतालाई घटाएका छन् ।
पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ४९६ मत प्राप्त गरेका छन् भने जनमतका कुशवाहले १४ हजार १७४ मत प्राप्त गरेका छन् । यस अघि ५२ सय मतले अगाडी रहेका यादव अहिले ४३ सय २२ मतले अगाडी रहेका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५१४ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार १९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २००० मत प्राप्त गरेका छन् ।
बारा–२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।
अब बारा- २ मा करिब २४ हजार मत गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।