ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेका सांसद ढाकाकुमार श्रेष्ठको स्थान आज रिक्त हुने भएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै कारवाहीको सूचना दिन लागेको संसद सचिवालयले जनाएको छ ।

कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख भए अनुसार संसद सचिवालयले श्रेष्ठको सांसद पद खारेज गरिदिएको हो ।

यहि वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो । रास्वपाले विस्तृत विवरण सहितको कागजात संसद सचिवालयमा बुझाएपछि सांसद श्रेष्ठको पद जाने निर्णय भएको बताइएको छ ।

संसद सचिवालयले श्रेष्ठलाई निष्काशन गरेपछि अब निर्वाचन आयोगमा जानकारी दिनेछ भने राजपत्रमा पनि सूचना प्रकाशित गर्नेछ । त्यसपछि निर्वाचन आयोग मार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को सांसद छान्ने बाटो खुल्नेछ । श्रेष्ठ रास्वपाको समानुपतिकतर्फबाट सांसद बनेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *