तनहुँ-१ बाट निर्वाचित वाग्लेको दमौलीमा निस्कियो विजयी र्‍याली

तनहुँ । तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वर्णिम वाग्लेले प्रमाणपत्र ग्रहण गरेका छन् ।

मंगलबार बिहान एक कार्यक्रमका बीच मुख्य निर्वाचन कार्यालयले वाग्लेलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको हो ।

प्रमाणपत्र ग्रहण गर्दै उनले देशको विकास गरेर मतदाताको गुन तिर्ने प्रतिबद्धता जनाए । उनले तनहुँले गर्व गर्न लायक काम आफूले गर्ने पनि बताए ।

उक्त अवसरमा विजयी वाग्लेलाई निकतटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले अबिर लगाएर बधाई दिए ।

फराकिलो मतान्तरले विजयी भएका वाग्ले प्रमाणपत्र ग्रहणपछि दमौलीमा आयोजित धन्यवाद र्‍यालीमा सहभागी भइरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *