रोमाञ्चक खेलमा मलेसियाले कतारलाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाले कतारमाथि रोमाञ्चक ३ विकेटको जित हासिल गरेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कतारले दिएको २१६ रनको लक्ष्य पछाएको मलेसियाले ३४.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बर्षाले मैदान गिलो हुदा समयमा खेल शुरु हुन नसकेपछि यो खेल ३५-३५ ओभर खेलाइएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै कतारले ३५ ओभरमा ८ विकेट गुमाउदै २१५ रन बनाएको थियो ।

योसँगै मलेसियाको ४ खेलमा ४ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । समुह ए बाट मलेसिया सेमिफाइनलको दौडबाट भने बाहिरिइसकेको छ ।

यस समुहमा नेपाल हाल ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा छ र सेमिफाइनलमा छनौट भइसकेको छ भने अब ओमान र साउदी अरेबियाबीचको विजेता सेमिफाइनलमा छनौट हुने छ । ओमानको हाल ३ खेलमा ४ अंक छ भने साउदीको ३ खेलमा ३ अंक रहेको छ । ओमान र साउदीबीच भोलि बुधबार टियु मैदानमा खेल हुदै छ ।

त्यस्तै यस समुहमा कतारले भने लगातार तीन खेलमा हार बेहोरेको छ ।

अब कतारले आफ्नो अन्तिम खेल आयोजक नेपालसँग विहिबार टियु मैदानमा खेल्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *