सिंगापुरमाथि कुवेतको ४ विकेटको जित, सेमिफाइनल सम्भावना कायमै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछाएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

कुवेतको जितमा अदनान इद्रिसले सर्बाधिक ३८ रन बनाए भने मीट भाभसरले अविजित २७ रन बनाए भने यसिन पटेलले २१ रन बनाए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३१.४ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको थियो ।

सिंगापुरका लागि अमर्त्य कउलले सर्बाधिक ४५ रन बनाए भने मनप्रित सिंहले २८ र थिलीपन ओमैदुरैले १३ रन बनाएका थिए । यी बाहेक सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

त्यस्तै कुवेतका बलरमोहमद अस्लामले सर्बाधिक ५ विकेट लिए । त्यसति शिराज खानले ३ तथा यसिन पटेल र अदनान इद्रिसले एक एक विकेट लिए ।

योसँगै कुवेतले ३ खेलमा ४ अंक हासिल गर्दै समुह बि मा तेस्रो स्थानमा उक्लिएको छ । अब कुवेतले प्रतियोगिताको अन्तिम खेल आगामी विहिबार हङकङविरुद्ध खेल्ने छ । सो खेल जितेमा कुवेत सेमिफाइनलमा पुग्ने छ ।

त्यस्तै समुह बि मा रहेको सिंगापुर भने चारै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *