नेपालमा सामसङ एलइडि टिभीको उत्पादन


काठमाडौं । नेपालमा बुधबारदेखि सामसङको टिभी कारखाना संचालनमा आएको छ । यो सँगै अब नेपालमै सामसङ एलइडि टिभिको उत्पादन सुरु भएको छ । गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिकामा उद्योग स्थापना गरी सामसङ टेलिभिजन उत्पादन थालेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सो कारखानाको उद्घाटन गरेका छन् । मन्त्री रिजालले बुधबार नवलपरासीमा नेपालका लागि कोरियाली राजदूत जोनसङ पार्कसँग संयुक्त रुपमा उक्त कारखानाको उद्घाटन गरेका हुन् । कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले सामसङ र गोल्छा ग्रुपको सहकार्यले आगामी दिनमा अन्य उद्योगमा पनि लगानी आउन सक्ने बताए । यस्तै, राजदूत जोनसङ पार्कले नेपालमा संसारकै प्रसिद्ध इलेक्ट्रोनिक सामान उत्पादन गर्ने उद्योग स्थापना हुनु गर्वको विषय भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *