नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुन नियुक्त


काठमाडौं । नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको छ । नेपाल बैक प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. महाविर पुनका बिच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा .महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । साथै डा. पुनले नेपाल बैंकले छनौट गरेकोमा उनीप्रति हार्दिक आभार समेत व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *