एसिसी प्रिमियर कप : नेपालको उत्कृष्ट बलिङ, कतारले गुमायो छैटाैं विकेट
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । १३ ओभरको खेलमा नेपालले कतारको छैटाैं विकेट झारेको छ। नेपालले दिएकाे १५८ रन पछ्याएकाे कतार ४१ रन बनाएर खेलिरहेकाे छ ।
कतारका इमाल लियानेज, कमरान खान, जाहिर इब्राहिम, मोहम्मद तनवीर र इक्रामुल्लाह खान आउट भएका हुन् । कमरान खान आठ, जाहिर १५, लियानज ६ र तनवीर शून्य रनमै आउट भए । सन्दीप लामिछानेले तीन र सोमपाल कामीले एक विकेट लिएका छन् ।