को हुन् लुम्बिनीका मुख्यमन्त्री चौधरी ?

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख शेरचनले नयाँ सरकार बनाउन आह्वान गरेपछि चौधरीले कांग्रेस, माओवादीसहित आठ दल र एक स्वतन्त्र गरी ५३ प्रदेश सांसदको हस्ताक्षरसहित सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, जनमत, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीका तीन–तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद छन्। एमालेका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेर सरकार ढलेपछि नयाँ सरकार गठन भएको हो ।

लुम्बिनी प्रदेशको ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका चौधरी थारू समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। संघीय राज्यमन्त्रीसमेत भइसकेका उनले यसपालिको प्रदेश सभा निर्वाचनमा एमालेका घनश्याम पाण्डेलाई पराजित गरेका थिए। तत्कालीन देउवा सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री रहेका उनी दोस्रो संविधानसभाका सदस्य पनि हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *