पोर्चुगल पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिन्छु भन्दै अजरबैजानसम्म लगेर अलपत्र पार्ने एकजना पक्राउ परेका छन् । मासिक दुई लाख तलब हुन्छ भन्दै दिनेश बमसँग १३ लाख ९२ हजार रुपैयाँ ठगी गर्ने कैलाली घर भएका हाल ललितपुरको टीकाथली बस्दै आएका कृतकबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *