टिभिएस एनटर्क आरटि–एफआइ १२५ रेस एडिसन पोखरामा


काठमाडौं । टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्सर्ट’मा टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा स्कुटरको लन्च गरेको छ । टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने कम्पनी जनाइएको छ । स्मार्टएक्सनोटेक कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।

यस स्कुटरले ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ । टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ सिसि, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड एसओइचसि, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ । पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबि चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र टिभिएस प्याटेन्टेड इजेड सेन्टर स्ट्यान्ड रहेको छ । मरिन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *