मंगलबार पनि ४.२७ अंकले घट्यो नेप्से, ६९ करोड २२ लाखकाे काराेबार
काठमाडाैं । साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारमा ओरालो यात्राले निरन्तता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२७ अकंले घटेर १८६६.४० बिन्दुमा बन्द भएको छ । आज २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुदाँ ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका ६८ कम्पनीको सेयरमूल्य बढेको छ । १४४ कम्पनीकोे सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२० प्रतिशतले बढेर प्रतिकित्ता ४३६.९० रुपैयाँ पुगेको हो । यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको हाे। मंगलबार स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।