रवि लामिछानेका गाडी चालक थापाको निधन, प्रहरीले पत्ता लगाउन सकेन छतबाट खस्नुको कारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार दिउँसो साढे १ बजे निधन भएको हो ।

वैशाख ४ गते थापा रवि लामिछानेको भरतपुरस्थित तीन तले घरको छतबाट खसेका थिए । अघिल्लो राति तनहुँमा चुनावी सभा सकेर ११ बजे राति घरमा आएर सुतेका थापा बिहान ४ बजे छतबाट खसेका थिए । उनी के कारण छतबाट खसेको भन्ने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । कतिसम्म भने सो घरमा सुतेका नौजनामध्ये दुईजनाबाहेक अरुसँग प्रहरीले सोधपुछसमेत गरेको छैन ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । उकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । उपचुनावलाई ध्यानमा राख्दै उनको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *