सरकारलाई चाँडै पूर्णता दिने गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले पठाइसक्यो । बाँकी रहेका मन्त्रालय चाँडै पूर्णता दिने कुरा भएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले छलफल गरिरेहेको उनको भनाइ छ । प्रधानमन्त्रीजीले कुराकानी गरिरहनु भएको छ । त्यो कुरामा उहाँले सम्बोधन गर्नुहोला लेखकले भने । उनका अनुसार आजको बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि छलफल भएको थियो ।