गगनले भने– ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ, कोही नछुटून्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताउँदै अझै गहिरोसँग अनुसन्धान गर्न र कसैलाई नछोड्न माग गरेका छन् । शरणार्थी प्रकरणमा भिआइपी जालो उजागर हुँदै गएका बेला बिहीबार थापाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

नेता थापाले यो प्रकरणमा संलग्न जुनसुकै ओहदा र शक्तिको भए पनि कानुनभन्दा माथि कोही नहुने भन्दै कारबाही गर्न माग पनि गरेका छन् । उनले यसलाई घटना नभई प्रवृत्ति भएको पनि बताएका छन् । यो प्रकरणमा पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटून्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् । कांग्रेसले संस्थागत रूपमा नक्कली शरणार्थी प्रकरणबारे केही नबोले पनि महामन्त्री थापाले आफ्नो धारणा भने बिहीबार सार्वजनिक गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *