शरणार्थी प्रकरणमा गहिराइमा पुग्ने गरी अनुसन्धान भइरहेको छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणबारे प्रहरीले गहिराइमा पुग्ने गरी अनुसन्धान भइरहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा सचिव, कर्मचारी, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार नै जोडिएको समाचार आएपछि र धमाधम पक्राउ पुर्जी जारी भएकोमा सरकारको धारणा माग गरेपछि गृहमन्त्री श्रेष्ठले जवाफ दिँदै सूक्ष्म ढंगले अनुसन्धान अघि बढेको जानकारी दिएका हुन् ।

‘यो घटनामा अत्यन्त सूक्ष्म ढंगले गहिराइमा पुग्ने गरी अनुसन्धान भइरहेको छ । नक्कली शरणार्थी प्रकरणमा जोसुकै मान्छे जोडिए पनि उनीहरूले उन्मुक्ति पाउँदैनन्, कारबाही भएरै छाड्छ,’ मन्त्री श्रेष्ठले भने ।

आठ सय ५७ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरेको र अझै एक सय ४५ जना जान बाँकी रहेको र उनीहरूले प्रहरीमा उजुरी दिएपछि अहिले सो घटनामा संलग्न रहेका धमाधम पक्राउ पर्न थालेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *