२ बजे आफैं उपस्थित हुन्छु भनेका टोपबहादुर रायमाझी सम्पर्कविहीन

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । बिहीबार दिउँसो २ बजे आफैं उपस्थित हुन्छु भनेर प्रहरीलाई फोन गरेका रायमाझी अहिले बेखबर भएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बिहीबार बिहान उनी प्रहरीसँगको सम्पर्कमै रहे पनि अहिले भने बेपत्ता भएका छन् ।

प्रहरीले अहिले उनलाई खोजीकार्य थालेको छ । उनका छोरा सन्दीप रायमाझीलाईलाई भने प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ । अदालतले उनलाई थुनामा राख्न अनुमति दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *