दीप श्रेष्ठ र शक्ति वल्लभलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान


काठमाडौं । सम्मान कार्यक्रममा संगीतकार शक्ति वल्लभले भजन शिरोमणि भक्तराज आचार्य संगीतको विश्वविद्यालय भएको बताएका छन् । संगीतका साधक भक्तराज आचार्य आफूलाई मनपर्ने गायक भएको भन्दै उनी नेपाली सांगीतिक क्षेत्रको विश्वविद्यालय भएको बताए । उनले भक्तराज आचार्यलाई उनका छोराहरू सत्यराज आचार्य र स्वरुपराज आचार्यले संगीतको विश्वविद्यालय बनाएको बताए । सुरुमा भक्तराज आचार्य संगीतको स्कुल हुनुहुन्थ्यो । यसैबीच, भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ यो वर्ष गायक दीप श्रेष्ठ र संगीतकार शक्ति वल्लभलाई प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्रदान गरिएको हो ।

यो वर्ष गायनतर्फ गायक श्रेष्ठ र संगीततर्फ संगीतकार वल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको हो । यसको पुरस्कार राशी जनही ५० हजार रुपैयाँ रहेको छ । धेरै पुरस्कार तथा सम्मान पाए पनि भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान पाउँदा भने आफूहरुलाई विशेष लागिरहेको उनीहरुले बताए । ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी सिंहलाई प्रदान गरिएको छ । ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएका तथा औषधि उपचार गर्नबाट बञ्चित भएका संगीतकर्मीलाई दिन सुरु गरिएको हो । यसको पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *