राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव पोखरेल नियुक्त
काठमाडौं । अर्थसचिव अर्जुन पोखरेल नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका छन् । अर्थमन्त्रालयले केहीदिन अघि तत्कालीन अर्थसचिव तोयमको सरुवापछि पोखरेललाई अर्थसचिवको रुपमा नियुक्त गरेको थियो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेकाले आज पोखरेलले कायममुकायम प्रधानन्यायधिस हरिकृष्ण कार्की समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।